विद्यालयको संक्षिप्त इतिहास
शिक्षाको विकासक्रम गुरुकुल परम्पराबाट आदानप्रदान हुँदै आएको पाइनछ । राणा शासनको अन्त्य पछि नेपालमा औपचारिक रुपबाट शिक्षा आर्जन गर्ने परम्परासँगै स्याङ्जा जिल्लाको दुर्गम स्थानमा रहेकोे सालडाँडामा पनि २०१६ सालबाट शिक्षा आर्जन गर्ने लहरको सुरुवात देखा पर्यो। वि.सं. २०१७ साल पौष १५ गते स्थानीय संस्कृति र परम्पराअनुसार भोज खान जम्मा भएका स्थानीय बासिन्दाहरूले विद्यालय स्थापना गरी आफ्ना सन्ततिलाई शिक्षा आर्जन गराउने चाहना पूरा हुने अवस्था देखिएपछि समाजसेवी श्री टेकबहादुर रानाले विद्यालय स्थापना गर्ने प्रक्रियालाई निरन्तरता र नेतृत्व दिनुभयो । यसरी विद्यालय स्थापनाको निर्णय भएपछि भोज खानका लागि जम्मा भएका स्थानीयबासी सोही अवसरमा विद्यालय स्थापना गर्ने निर्णय भएको हुँदा विद्यालयको नाम भोज प्रकाश नामकरण गरियो । त्यसपछि नेतृत्व दिने श्री टेकबहादुर रानाले नै देउचन रानाको घर अगाडि ठूलो गह्रामा कक्षा सञ्चालन गर्नुभयो । त्यसकारण यी टेकबहादुर राना विद्यालयको संस्थापकका साथै पहिलो शिक्षक पनि हुनुहुन्छ । एकातर्फ टेकबहादुर राना विद्यालयको विधिवत् रुपबाट स्वीकृत लिने प्रयासमा लागिरहनु भयो भने अर्कोतर्फ भौतिक व्यवस्थापन पक्षमा तत्कालीन शिक्षक स्व. मनबहादुर राना, स्व. राजबहादुर राना एवं स्थानीयबासीहरूको पनि सक्रियता देखिन थाल्यो । स्थानीयबासीहरूको प्रयासबाट दासदोभान फेदी, चुचुल्कामुनी, तिलिड्डेडाँडा आदि ठाउँका जग्गाहरू विद्यालयका लागि छुट्याई त्यसबाट भौतिक व्यवस्थापन गर्न र भँयर थुम्का, सुनपोखरीको जग्गा भवन निर्माण गर्ने निधो भएपछि सोही अनुरुप प्रक्रिया अघि बढ्यो । एक वर्षे प्रयास पछि २०१८ सालमा विद्यालयले विधिवत् स्विकृत प्राप्त ग¥यो । विद्यालयको पहिलो यस व्यवस्थापन पक्षमा समाजसेवी स्व.मानबहादुर राना, स्व. वखतबहादुर राना, स्व. खेमलाल अधिकारी, स्व. मित्रलाल अधिकारी, स्व. नेत्रबहादुर राना, हेमचन्द्र पोख्रेल, मेघबहादुर भुजेल, स्व. रामबहादुर राना लगायत अन्य महानुभावहरूको ऐतिहासिक देन अविस्मरणीय रहेको छ ।
प्राथमिक तहबाट निरन्तर कक्षा सञ्चालन भइरहे पनि नि.मा.वि. तहको शिक्षा आर्जनको लागि टाढा जानुपर्ने हुँदा विद्यालयको तह वृद्धि गर्ने आवश्यकता र महŒव महसुस भएपछि २०४२÷०४३ मा स्थानीय स्रोतबाट नि.मा.वि. कक्षा सञ्चालन गरी अनुमति प्राप्त गरेको थियो । अनुमति प्राप्त गरे पनि आर्थिक कारण र छिमेकी वडाहरूसँग मतभेद हुँदा फिर्ता गर्न बाध्य हुनुप¥यो । आ.व. २०४७÷०४८ मा निजी स्रोतबाट कक्षा सञ्चालन गर्न स्थानीय शिक्षा प्रेमीहरूले जिज्ञासा देखाएपछि छिमेकी वडाहरू र वडा नंं. ९ बाट चन्दा सड्ढलन गर्ने र भौतिक व्यवस्थापन मिलाउन श्रमदानको काम पनि हुन थाल्यो । यस कामका लागि कप्. रामप्रसाद रानाले सबल नेतृत्व दिनुभयो भने साथमा यामलाल अधिकारी, देवबहादुर राना, तुलसीराम शर्मा, युवराज शर्मा, स्व. टेकबहादुर राना, नित्तलाल अधिकारी, ज्योतिप्रसाद मानन्धर, स्व. सर्वजित थापा आदिको निरन्तर सक्रियता रहिरह्यो । वि.सं. २०५५ देखि हालसम्म १८ पटक एस.एल.सी परीक्षामा सम्मिलित भई ५६६ जना विद्यार्थी उत्तीर्ण र एस.ई.ई मा १०६ जना सम्मिलित भई सफल भएका छन् । विगतमा ८० प्रतिशत सम्म एस.एल.सी नतिजा र विशिष्ट श्रेणी समेत कायम गर्न सफल भएको छ । त्यस्तै आ.व. २०६७ देखि उच्च माध्यमिक शिक्षा परिषद् (हालको राष्ट्रिय परीक्षा बोर्ड) बाट सम्बन्धन प्राप्त गरी शिक्षा र मानविकी सङ्कायमा कक्षा ११ र १२ सञ्चालन गरिएको छ । जसमा अहिलेसम्म १०+२ मा ८० जना विद्यार्थीले उत्तीर्ण गरेका छन् । निजी स्रोतबाट सञ्चालन यस विद्यालयमा आर्थिक पक्ष सबल पार्नका लागि साविक किचनास वडा नं. ९ मा ३ पटक चन्दा सङ्कलन गरिसकिएको र छिमेकी वडाहरूमा पनि चन्दा सहयोग लिनुका अतिरिक्त आजीवन सदस्यता वितरण, दानसहयोग आम्दानी आदि कार्यक्रमहरूलाई सक्रियताकासाथ कायम राखिएको छ । यस कार्यक्रमअन्तर्गत हालसम्म अति विशिष्ट आजीवन सदस्य ४६, विशिष्ट आजीवन सदस्य १७५, साधारण आजीवन सदस्य ७७ जना बनेर विद्यालयमा आर्थिक सहयोग प्राप्त भएको छ । प्राप्त सहयोगबाट विद्यलायको भवन निर्माण कार्य निरन्तर अघि बढेको छ । आर्थिक स्थिति सबल पार्नं अन्य विविध कार्यक्रमहरू कायम राखे तापनि हालसम्म अवस्था मजबुत पार्न नसक्दा निजी स्रोतबाट शिक्षकको तलब भत्तामा निकै ठूलो आर्थिक भार व्यहोर्नु परेको छ ।
जिल्लाका स्वीकृत प्राप्त सम्पन्न विद्यालयहरूको दाजोमा एस.एल.सी परीक्षामा उच्च प्रतिशत कायम गर्न सकेको भए तापनि हालसम्म विद्यालयले थप स्वीकृत दरबन्दी पाउने प्रतिक्षा सफल भएको छैन । यसरी एकातर्फ आर्थिक तथा अर्कोतर्फ भौतिक पक्ष दुवैतिर समस्या रही रहनका कारण समस्या निराकरणका लागि वि.व्य.स. अध्यक्ष कप्. श्री डोरबहादुर राना, विद्यालयका प्रधानाध्यापक श्री सुरज मानन्धर एवं वि.व्य.स. का सदस्यहरू शिक्षक अभिभावक संघका पदाधिकारीहरू, शिक्षक, समाजका भद्र भलादमी, बुद्धिजीवी एवं शुभेच्छुक अभिभावकहरू सक्रियताका साथ विद्यालयलाई निरन्तरता दिने काममा लागिरहनु भएको छ । स्थितिको मूल्याङ्कन आगामी समयले नै गर्नेछ ।